नियम ७९
स्थगन प्रस्ताव सम्बन्धी शर्त
कुनै जरूरी र सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव देहायका शर्तको अधीनमा रही पेश गर्न सकिनेछ ः–
(क) प्रस्तावको विषय तत्काल घटेको घटना र नेपाल सरकारको उत्तरदायित्व भित्रको हुनु पर्ने, र
(ख) नियम ६२ मा उल्लिखित शर्त पूरा भएको हुनु पर्ने ।